तिमी , म र हाम्राे प्रणाली
तिमी , म र हाम्राे प्रणाली
प्रकृतिले निम्त्याएकाे अवराेधसँग जुध्दै ,
तिम्रा हैकमी प्रवृत्तिलाई अङ्गाल्दै
म निरन्तर कार्य क्षेत्रमा छु
निरन्तर जुँधिरहेकाे छु ।
तर तिमी सुतेकाछन् भन्छाैं ।
आज एउटा हुकुम भयाे ,
शीराेपर गर्न तम्सियाै
कयाैं व्यबधान सहेर
पूरा गर्न नपाई तिमी अर्काे हुकुम ल्याउँछाै ,
हामी बिचरा अलमलमा परि विश्राम गर्छाै
अनि पनि तिमी सुतेकाछन् भन्छाैं ।
भुत्तिएकाे मस्तिष्कमा हामीले निरन्तर पाइन लगायाैं
गाँस काटेर प्रबिधिकाे जाेहाे गर्न लाग्याैं ,
केही भए नि भरथेग गर्न लाग्याैं
तिमी हामीसँग सहकार्य गर्दैनाैं
उल्टै हामीप्रति बदनियत राख्छाैं ,
हामी निरन्तर जुधिरहन्छाै
विपत्तिसँग , शाेकसँग अनि भाेकसँग
तर पनि तिमी सुतेकाछन् भन्छाैं ।
हामी हाेइन तिमी सुतेकाछाै
त्याे पनि चिर निन्द्रामा
कहिलेकाहीँ बर्बराउँछाै
त्याे पनि निन्द्रामा,
ब्युउँझदा तिम्रा सपना छेऊ न टुप्पाका हुन पुग्छन् ,
अनि त्यही तन्द्रामा तिमीले ल्याएका नीतिले तिमीलाई नै गिज्याउँदैछ ।
तिमी नीति ल्याउँदैनाै , ल्याएकाे नीतिका कु काे आभाष हुन्छ ,
अनि तिमी नै भन्छाै
हेर! तिनीहरु सुतेकाछन् ।
तिमीले हाम्रा छटपटि बुझेनाै
घाउमा मलमकाे आश थिएन
तर अरुले औलाे ठड्याउन लाग्दा
तिमी कवज बन्छाै भन्ने ,
हामी सबले बुझेकाे साझा लबज बन्छाै भन्ने ।
यी र यस्ता मर्म तिमीले कहिल्यै बुझेनाै ।
यसलाई नै जीवनकाे कर्म मानेर
समर्पित बनेका हामीहरुलाई केबल
पलायनकाे बाटाे राेज्न बाध्य बनायाै ।
किनकी मैले महशुस गरे
तिम्रा शहरका कुनै गल्लीमा म गुमनाम भएकाेछु ।
–प्रभात नेपाल