• Literatures

    तिमी , म र हाम्राे प्रणाली

    तिमी , म र हाम्राे प्रणाली प्रकृतिले निम्त्याएकाे अवराेधसँग जुध्दै , तिम्रा हैकमी प्रवृत्तिलाई अङ्गाल्दै म निरन्तर कार्य क्षेत्रमा छु निरन्तर जुँधिरहेकाे छु । तर तिमी सुतेकाछन् भन्छाैं ।   आज एउटा हुकुम भयाे , शीराेपर गर्न तम्सियाै कयाैं व्यबधान सहेर पूरा गर्न नपाई तिमी अर्काे हुकुम ल्याउँछाै , हामी बिचरा अलमलमा परि विश्राम गर्छाै अनि पनि तिमी सुतेकाछन् भन्छाैं ।   भुत्तिएकाे मस्तिष्कमा हामीले निरन्तर पाइन लगायाैं गाँस काटेर प्रबिधिकाे जाेहाे गर्न लाग्याैं , केही भए नि भरथेग गर्न लाग्याैं तिमी हामीसँग सहकार्य गर्दैनाैं उल्टै हामीप्रति बदनियत राख्छाैं , हामी निरन्तर जुधिरहन्छाै विपत्तिसँग , शाेकसँग अनि भाेकसँग तर पनि तिमी सुतेकाछन् भन्छाैं ।     हामी हाेइन तिमी सुतेकाछाै…